श्रीमानले आगो लगाएर गम्भीर घाइते भएकी युवतीको मृत्यु

उपचार गराउँदै हजरा खातुन। फाइल तस्बिर

काठमाडौँ- श्रीमानले शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको सोमबार मृत्यु भएको छ।

धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमानले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए।

आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते कीर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो।

माघ २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्