शिवरात्रि, गाँजा र मानसिक स्वास्थ्य

 

– डा.नरेन्द्र सि‌ंह ठगुन्ना, विद्यावारिधी (मनोविज्ञान)

हिन्दु सँस्कृतिमा मुख्य गरेर भारत र नेपालमा सामाजिक हिसाबले गाँजा स्वीकृत लागुपदार्थको रुपमा रहेको छ । धार्मिक, साँस्कृतिक अवसरमा जस्तै शिवरात्री, होलीमा प्रसादको रुपमायसको प्रयोग हुन्छ । अरु बेलामा पनि कहिले काँही मठमन्दिरमा यसको सेवन भइरहेको देख्न सकिन्छ ।

डा.नरेन्द्र सि‌ंह ठगुन्ना

संयुक्त राष्ट्रसंघका अनुसार, संसारभरिका करिब १५८.८ मिलियन मान्छेले गाँजाको सेवन गर्दछन्, जुन संसार भरिका मान्छेको करिब ३.८ प्रतिशत हुन्छ । गाँजा यस्तो अवैध लागुपदार्थ हो । जुन करिब चार प्रतिशत १५ देखि ६४ वर्षका मानिसले विशेष गरेर किशोर, युवा तथा पुरुषले यसको सेवन गर्ने गरेको तथ्यांक छ ।

गाँजालाई म्याराजुना र क्यानाविज भनिन्छ । यो गाँजाकोे बिरुवाको पात, टुसा र फूलबाट बनाइन्छ । यसबाट निस्कने च्याप्च्याप् लाग्ने पदार्थबाट ह्यासिस बन्छ । नेपालको ग्रामीण भूमिमा यसको प्रयोग व्यापक देखिन्छ । गाँजाको औषधीय गुण छ ।

कतिपय अवस्थामा यसको उपयुक्त प्रयोग भएको पनि देखिएको छ, जस्तैः दुखाइ कम गर्ने, भोक जगाउने, क्यान्सर जस्ता पीडादायक अवस्थामा उपयुक्त विकल्प पनि हुने गरेको छ ।

गाँजाको दुर्व्यसनी : मानसिक रुपमा गाँजाकोे प्रयोगले मानिसको मनोदशा र शरीरमा असरहरु उत्पन्न हुन्छ । तत्कालीन असर स्वरुप कतिलाई छट्पटी हुन्छ । यस्तै शारीरिक असरहरु पनि हुन्छन् ।

जस्तैः

  • मुटुको चाल बढ्ने,
  • रक्तचाप बढ्ने,
  • सास छिट्छिटो फेर्ने,
  • आँखा रातोपिरो हुने,
  • मुख सुक्ने,
  • भोक लाग्ने आदि ।

दीर्घकालीन र अत्याधिक सेवनले यसकै लत र दुर्व्यसन हुनेगर्छ । केहीलाई अझै हानिकारक उदासिन, छट्पटी, स्किजोफ्रेनिया हुन सक्छ ।

  • कुनै कुरामाध्यान केन्द्रितहुने,
  • सोच विचार र एकाग्र हुने गर्ने,
  • केही अवस्थाप्रति स्वतःप्रतिक्रियाजनाउने र निर्णय लिने क्षमतामा प्रतिकूल असर गर्छ,
  • छट्पटाउने,
  • डराउने,
  • रुने,
  • कराउने आदिहुन्छ ।
  • केहीलाई यसको असर रहुञ्जेल रमाइलो, आनन्द, स्वच्छन्द, आराम, चैन र पिडारहितअनुभव दिन्छ ।

गाँजाको लत र दुर्व्यसन गाँजाको लतलाई गाँजाको दुर्व्यसन भनिन्छ । सुरुमा यसले लत लाग्दैन भनी सोचिए पनि पछि यो नशालु र व्यसन हुने पदार्थको रुपमा सिद्ध भएको छ ।

मानिसले यसको सेवन रोक्दा वा घटाउँदा चिड्चिडाहट, रिस, छट्पटी, डर, त्रास, अनिद्रा, उदासी, बोर तथा टाउको र पेट दुखम्ने, पसिना छुट्ने, ज्वरो आउनेजस्ता लक्षणहरु पैदा हुन सक्छन् । विभिन्न अनुसन्धानले गाँजाको लतले उदासिता, चिन्ता , स्किजोफ्रेनियाको रोगहरु लाग्न सक्ने पनि देखाएको छ ।

उपचार

गाँजाको मानसिक स्वास्थ्यमासंभावितलाभको बारेमा क्यानाडा र अमेरिकाका शोधकर्ताकोे एक टोलीले सन् २०१६ मा गरेको समीक्षाको प्रतिवेदन, चिकित्सकीय मनोविज्ञान समीक्षामा प्रकाशित गरेका थिए ।

जसमा शोधकर्ताले उदासिनता, निराशा, सामाजिक चिन्ता र आघात जन्य घटना पछिको तनावमा यसले सकारात्मक तरिकाले सामना गर्न सहयोग पुग्ने तर द्विध्रुवी विकारमा यसले सकारात्मक भन्दा पनि अधिक नकारात्मक प्रभाव हुने जनाएको छ ।

  • उपचारका लागि यसबारे समाजमा मनोशिक्षाको माध्यमबाट तथ्यहरुको जानकारी गराउनु पर्दछ । अभिभावकले सकारात्मक अभिभावकत्वको सीप प्रयोग गरेर आफ्ना सन्तानलाई उत्तरदायी, सतर्क भएर यस्ता खराबप्रवृत्तिबाट टाढा राख्ने कोसिस गर्न एकदमै आवश्यक हुन्छ ।
  • मनोविमर्शको प्रयोगबाट सेवाग्राहीलाई आफ्नो समस्याबारे यथार्थ बोध गर्न र यसबाट छुटकारा पाउन उपयोगी हुने विविध उपाय र विकल्पबारे खोजी नितीमा सघाउँछ । नशा सेवनदेखि टाढा रहेर जीवन जिउने उपाय बुझ्न यसबाट सहयोग पुग्छ ।
  • स्व. सहयोग समूहमा आवद्ध भएर सामूहिक रुपमा व्यक्तिलाई धेरै सहयोग मिल्ने गर्छ । साँस्कृतिक रुपमा स्वीकृत मनोसामाजिक सहयोगका तरिकाहरु अपनाएर पनि कतिपय मानिसले यसको लत छाड्न सक्दछन् ।
  • मनोवैज्ञानिक थेरापी, व्यवहारगत अभ्यास, नियमित जाँच, आदिले पनि सहयोग पुग्दछ । यसमा परिवारको संलग्नता विशेष गरेर किशोर दुर्व्यसनीका उपचारमा लाभप्रद हुनेगर्छ । यसमा विविध पक्षबाट लाभदायी हुन सक्ने औषधीको पनिविकास भैरहेको देखिन्छ ।
फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

तिब्बतको ऐतिहासिक विहारमा आगलागी, भिडियो तथा तस्बिर रोक्ने प्रयासमा चीन

  – डा.नरेन्द्र सि‌ंह ठगुन्ना, विद्यावारिधी (मनोविज्ञान) हिन्दु सँस्कृतिमा मुख्य गरेर भारत र नेपालमा सामाजिक हिसाबले गाँजा स्वीकृत लागुपदार्थको रुपमा…

मासिक राशिफल : फागुन महिना कुन राशीलाई कस्तो ?

  – डा.नरेन्द्र सि‌ंह ठगुन्ना, विद्यावारिधी (मनोविज्ञान) हिन्दु सँस्कृतिमा मुख्य गरेर भारत र नेपालमा सामाजिक हिसाबले गाँजा स्वीकृत लागुपदार्थको रुपमा…

राजनीतिमा ‘फास्ट ट्रयाक’ मोह

  – डा.नरेन्द्र सि‌ंह ठगुन्ना, विद्यावारिधी (मनोविज्ञान) हिन्दु सँस्कृतिमा मुख्य गरेर भारत र नेपालमा सामाजिक हिसाबले गाँजा स्वीकृत लागुपदार्थको रुपमा…

खण्डित मेलमिलाप समाधान होइन

  – डा.नरेन्द्र सि‌ंह ठगुन्ना, विद्यावारिधी (मनोविज्ञान) हिन्दु सँस्कृतिमा मुख्य गरेर भारत र नेपालमा सामाजिक हिसाबले गाँजा स्वीकृत लागुपदार्थको रुपमा…

प्रदेश ७ का ३३४ शिक्षक धनगढीमा, जनप्रतिनिधिले टर्चर दिएको आरोप

  – डा.नरेन्द्र सि‌ंह ठगुन्ना, विद्यावारिधी (मनोविज्ञान) हिन्दु सँस्कृतिमा मुख्य गरेर भारत र नेपालमा सामाजिक हिसाबले गाँजा स्वीकृत लागुपदार्थको रुपमा…

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

  – डा.नरेन्द्र सि‌ंह ठगुन्ना, विद्यावारिधी (मनोविज्ञान) हिन्दु सँस्कृतिमा मुख्य गरेर भारत र नेपालमा सामाजिक हिसाबले गाँजा स्वीकृत लागुपदार्थको रुपमा…