पार्टी एकता आजै टुंगिन्छ : प्रचण्ड

पार्टी एकता आजै टुंगिन्छ : प्रचण्ड

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता सकेसम्म मंगलबार नै टुंग्याउने बताएका छन् ।

जनयुद्ध दिवसको सन्दर्भमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले वाम एकता सकेसम्म मंगलबार नै टुंगिने र आफूहरु त्यसको अन्तिम प्रयासमा लागेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार मात्रै नेपाली राजनीति र पछिल्लो समाजिक परिवर्तनमा १० वर्षे माओवादी जनयुद्धको भूमिका स्वीकार गरेकाले अब पार्टी एकता लगभग टुंगिएको बताए ।

उनले भने ‘ओली जीले देशको सामाजिक तथा राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका स्वीकार गर्नुभएको छ । मैले पार्टी एकता आजै टुंग्याउन पाए भोलि परेको जनयुद्ध दिवसमा माओवादी जनयुद्धमा लागेका सबै खुशी हुने बताएको छु ।’

एकीकृत पार्टीको नेतृत्वका विषयमा रहेको विवाद पनि लगभग टुंगिएको बताउँदै उनले सहअध्यात्मक प्रणाली अर्थात ओली र आफू दुवै संयुक्त नेतृत्वमा रहने गरी सहमति जुटेको संकेत गरे ।

उनले भने ‘पार्टीको नेतृत्व दाबीको भरमा पाइने चिज होइन । त्यसलाई क्षमता परिस्थिति र जनताले चुनावमा दिएको मतले निर्धारण गर्छ ।’

यस्तै उनले आफ्नो गुरुको रुपमा रहेका मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई पनि पार्टी एकताको अभियानमा आउन आग्रह गरे । आफ्नो आग्रह गम्भीर रहेको उनको भनाई छ ।

पार्टी एकताबारे अन्तिम छलफलका लागि मंगलबार नै ओली र प्रचण्डबिच भेट हुँदैछ । तर भेटको समय र स्थान भने सार्वजनिक गरिएको छैन ।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्दै, सशांक रिङ आउट

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता सकेसम्म मंगलबार नै टुंग्याउने बताएका छन् । जनयुद्ध दिवसको…

ओलीलाई मन्त्री छान्न मुस्किल, के समावेशी बन्ला मन्त्रिमण्डल?

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता सकेसम्म मंगलबार नै टुंग्याउने बताएका छन् । जनयुद्ध दिवसको…

सहकारीमैत्री कानुन बनाउन मुख्यमन्त्रीको जोड

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता सकेसम्म मंगलबार नै टुंग्याउने बताएका छन् । जनयुद्ध दिवसको…

पाँच वर्ष काँग्रेस सत्ता बाहिर-प्रवक्ता शर्मा

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता सकेसम्म मंगलबार नै टुंग्याउने बताएका छन् । जनयुद्ध दिवसको…

दैलेख दुर्घटनाको छानबिन गर्न समिति

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता सकेसम्म मंगलबार नै टुंग्याउने बताएका छन् । जनयुद्ध दिवसको…

प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता सकेसम्म मंगलबार नै टुंग्याउने बताएका छन् । जनयुद्ध दिवसको…