माओवादी जनयुद्ध दिवसमा साढे १० किलोको ‘केक’ काटियो

२३औं जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय पेरिस डाँडामा केक काट्दै। यस वर्ष माओवादीले ‘पश्चिमा’ शैलीमा जनयुद्ध दिवस मनायो। तस्बिर-प्रकाश ढकाल/देश सञ्‍चार

काठमाडौं-नेकपा माओवादी केन्द्रले २३औं जनयुद्ध दिवस फरक तरिकाले मनाएको छ।

यसअघिका जनयुद्ध दिवसमा ‘युद्ध’कै झल्को दिने गरी विस्फोटक पदार्थ पड्काएर आफ्नो ऐतिहासिक दिनको स्मरण गर्ने माओवादीले यस वर्ष भने ‘पश्चिमा’ शैलीमा केक काटेर मनाएको हो ।

२०५२ सालमा सशस्त्र आन्दोलन सुरु गरेको माओवादीले मंगलबार २३औं वर्ष गाँठ पेरिसडाँडास्थित पार्टी कार्यालयमा २३ पाउण्डको केक काटेर आगन्तुकहरुलाई खुवाएको हो।


२३औं जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय पेरिस डाँडामा केक काट्दै अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर-प्रकाश ढकाल/देश सञ्‍चार

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केक काटेर कार्यक्रमको सुरुवात गरेका थिए। माओवादीका एक नेताका अनुसार २३औं जनयुद्धको उत्वस भएकाले २३ पाउण्डकै केक ल्याएको हो । २३ पाउण्ड भनेको झण्डै साढे १० किलो हुन्छ ।

लहड र रहरले क्रान्ति हुन्‍न

माओवादी केन्द्रले भब्य रुपमा जनयुद्ध दिवस मनाइ रहँदा त्यही जनयुद्धलाई हाँकेका मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्दलाई भने प्रचण्डले फरक कित्तामा नबस्न अपिल गरे । एमालेसँगको पार्टी एकता मंगलबार नै निचोडमा पुग्न लागेको जानकारी दिँदै दाहालले किरण र चन्द्रलाई पनि समाजवादी क्रान्ति रहर र मनगणन्ते ढंगबाट नहुने भएकाले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सहभागी बन्न आह्वान गरे ।

मोहन वैद्य र चन्द जनताबाट भागि रहेको आरोप लगाउँदै प्रचण्डले जनताको नजिक बसेर मात्र सफल बन्न सकिने बताए । उनले भने, ‘मेरा गुरु भनेर चिनिने मोहन वैद्यलाई पनि एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आउन आग्रह गर्छ । क्रान्ति भनेको किताबमा पढ्ने र लेख्ने कुरा मात्र होइन । जनताबाट भागेर, उद्देश्य लुकाएर केही हुँदैन ।’

‘अहिले समृद्धि र समाजवादको आधार तयार गर्ने ऐतिहासिक असाधारण अवसर हाम्रा सामु छ । अध्यक्षले प्रचण्डले भने, ‘लहड र रहरले क्रान्ति हुन्न, त्यसो हुने भए हामीले २०४६ साल अघि नै जनयुद्द शुरु गरिसक्थ्यौं, त्यसैले वैद्य, विप्लवलगायत सबै कम्युनिष्टहरुलाई इतिहासको आवश्यकता बुझेर महान एकता प्रक्रियामा सहभागी हुन आह्‍‍वान गर्दछु ।’

कार्यक्रममा नेक्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट सयबढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

सहकारीमैत्री कानुन बनाउन मुख्यमन्त्रीको जोड

काठमाडौं-नेकपा माओवादी केन्द्रले २३औं जनयुद्ध दिवस फरक तरिकाले मनाएको छ। यसअघिका जनयुद्ध दिवसमा ‘युद्ध’कै झल्को दिने गरी विस्फोटक पदार्थ पड्काएर…

पाँच वर्ष काँग्रेस सत्ता बाहिर-प्रवक्ता शर्मा

काठमाडौं-नेकपा माओवादी केन्द्रले २३औं जनयुद्ध दिवस फरक तरिकाले मनाएको छ। यसअघिका जनयुद्ध दिवसमा ‘युद्ध’कै झल्को दिने गरी विस्फोटक पदार्थ पड्काएर…

कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्दै, सशांक रिङ आउट

काठमाडौं-नेकपा माओवादी केन्द्रले २३औं जनयुद्ध दिवस फरक तरिकाले मनाएको छ। यसअघिका जनयुद्ध दिवसमा ‘युद्ध’कै झल्को दिने गरी विस्फोटक पदार्थ पड्काएर…

प्रदेश ६ ले मार्‍यो बाजी: नाम र स्थायी राजधानी दुवै तोक्यो

काठमाडौं-नेकपा माओवादी केन्द्रले २३औं जनयुद्ध दिवस फरक तरिकाले मनाएको छ। यसअघिका जनयुद्ध दिवसमा ‘युद्ध’कै झल्को दिने गरी विस्फोटक पदार्थ पड्काएर…

प्रदेश ६ को स्थायी राजधानी वीरेन्द्रनगर प्रस्ताव

काठमाडौं-नेकपा माओवादी केन्द्रले २३औं जनयुद्ध दिवस फरक तरिकाले मनाएको छ। यसअघिका जनयुद्ध दिवसमा ‘युद्ध’कै झल्को दिने गरी विस्फोटक पदार्थ पड्काएर…

प्रदेश ६ अब बन्यो ‘कर्णाली प्रदेश’

काठमाडौं-नेकपा माओवादी केन्द्रले २३औं जनयुद्ध दिवस फरक तरिकाले मनाएको छ। यसअघिका जनयुद्ध दिवसमा ‘युद्ध’कै झल्को दिने गरी विस्फोटक पदार्थ पड्काएर…