प्रदेश २ को सभामुखमा यादव निर्विरोध

जनकपुरधाम-प्रदेश नम्बर २ को सभामुखमा प्रदेशसभा सांसद सरोज कुमार यादव निर्विरोध निर्वाचित भएका छन्।

राजपा नेपालको बारा जिल्लाबाट प्रत्यक्ष निर्वाचित यादव अब प्रदेश २ सभामुखको पद पाउने भएका छन्।

प्रदेश २ मा फाल्गुन २ गते सभामुखको लागी चुनाव हुने मिति तय गरिएको थियो तर सभामुखको लागी उम्मेद्वारी दर्ता गराउँदा यादव बाहेक अरु कसैले दर्ता नगराएपछि उनी निर्विरोध भएका हुन्।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्