नामिबियाको जीतपछि तेस्रो स्थानमा झर्‍याे नेपाल

काठमान्डौ-नामिबियामा जारी आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आफ्नाे चाैथो खेलमा मंगलबार घरेलु टोलीले केन्यालाई ८ विकेटले हराएपछि नेपाल तालिकाको तेस्राे स्थानमा झरेकाे छ।

चार खेलपछि क्यानडा नामिबिया र नेपालकाे समान ६ अंक भएपनि नेटरनरेटमा तेस्राे स्थान झरेकाे छ। क्यानडा पहिलो र नामिबिया दोस्राे स्थानमा छ।

६ टोली सहभागी प्रतियोगिताकाे शीर्ष दुई टाेली एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनोटमा पुग्नेछन्।

नेपालले आफ्नाे पाँचौं तथा अन्तिम खेलमा बुधबार क्यानडाकाे सामना गर्ने छ। सोही दिन हुने अन्य खेलमा यूएईले नामिबिया तथा अोमानले केन्याकाे सामना गर्ने छ।

यूएईकाे चार खेलबाट चार अंक छ। नेपाल नेटरनरेटमा तीनवटै टोलीभन्दा पछाडि रहेका कारण नेपालले क्यानडालाई हराउनुकाे विकल्प छैन।

पहिलाे खेलमा नेपालसँग पराजित भएकाे नामिबियाले त्यसपछि अोमान क्यानडा र केन्यालाई हराएर लगातार तेस्रो जित हात पारेकाे हाे।

सुरुका तीन खेलमा जित पारेकाे क्यानडा सोमबार नामिबियासँग पराजित भएकाे थियाे।

पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपालले दाेस्राे खेलमा अाेमानसँग ६ विकेटले पराजित भएकाे थियाे भने तेस्रो खेलमा यूएईलाई चार विकेटले पराजित गरेको थियो । नेपालले अाफ्नो चौथो खेलमा केन्यालाई हराएकाे थियाे।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्