क्यानडाकाे निशानामा युवा स्पीनर सन्दीप लामिछाने

काठमान्डौ-नामिबियामा जारी आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आफ्नाे पाँचौं तथा अन्तिम खेलमा नेपालले बुधबार क्यानडाकाे सामना गर्दै छ।

तालिकाकाे शीर्ष दुई स्थानमा रहँदै एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनोटमा पुग्न नेपाललाई याे खेल जित्नै पर्ने दबाबमा छ।

चार खेलपछि क्यानडा , नामिबिया र नेपालकाे समान ६ अंक भएपनि नेटरनरेटमा तेस्राे स्थान झरेकाे छ। क्यानडा पहिलो र नामिबिया दोस्राे स्थानमा छ।

६ टोली सहभागी प्रतियोगिताकाे शीर्ष दुई टाेली एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनोटमा पुग्नेछन्।

बुधबार हुने अन्य खेलमा यूएईले नामिबिया तथा अोमानले केन्याकाे सामना गर्ने छ।

यूएईकाे चार खेलबाट चार अंक छ। नेपाल नेटरनरेटमा तीनवटै टोलीभन्दा पछाडि रहेका कारण नेपालले क्यानडालाई हराउनुकाे विकल्प छैन।

पहिलाे खेलमा नेपालसँग पराजित भएकाे नामिबियाले त्यसपछि अोमान क्यानडा र केन्यालाई हराएर लगातार तेस्रो जित हात पारेकाे हाे।

सुरुका तीन खेलमा जित पारेकाे क्यानडा सोमबार नामिबियासँग पराजित भएकाे थियाे।

पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपालले दाेस्राे खेलमा अाेमानसँग ६ विकेटले पराजित भएकाे थियाे भने तेस्रो खेलमा यूएईलाई चार विकेटले पराजित गरेको थियो । नेपालले अाफ्नो चौथो खेलमा केन्यालाई हराएकाे थियाे।

चार खेलमा नेपालको प्रदर्शन
पहिलाे खेलमा नामिवियाविरुद्ध उत्रिएकाे नेपालले पहिला बलिङ गर्दै घरेलु टोलीलाई एक सय ३८ रनमा समेटेको थियाे। नामिबियालाई सस्ताेमा समेट्न सन्दिप लामिछानेले ८‍.2 अाेभरमा दुई मेडन राख्दै १८ रन खर्चिएर चार विकेट लिएका थिए। साेमपालले सात अाेभरमा एक मेडन राख्दै ३५ रन दिएर तीन विकेट लिए। दाेस्राे खेलमा टस जितेकाे अाेमानले पहिला बलिङ गर्ने निर्णय गरेकाे थियो। नेपाल एक सय ३८ रनमा समेटियो।

नेपालका शरद भेषावकरले २२,दीपेन्द्रसिंह एेरीले २०, दिलिप नाथले १९, पारस खड्का र साेमपाल कामीले १७/१७ रन बनाएका थिए। अाेमानले चार विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। सन्दीप लामिछानेले दुई विकेट हात पारे। आफ्नाे तेस्रो खेलमा टस जितेकाे नेपालले पहिला बलिङ गर्ने निर्णय गरेकाे थियो। यूएई एक सय १४ रनमा सिमित भयाे। यूएईलाई सस्ताेमा समेट्न सन्दीप लामिछानेले ७ अाेभरमा एक मेडन राखेर ३० रन खर्चदैं तीन विकेट लिए।

साेमपालले सा अोभरमा ३० रन दिएर चार विकेट लिए। नेपालले ६ विकेट गुमाएर लक्ष्य पुरा गर्दा पारस खड्काले ५१ रन बनाए। चौथाे खेलमा पनि टस जितेर पहिला फिल्डङ गरेकाे नेपालले केन्यालाई निर्धारित अाेभरमा एक सय ७७ रनमात्र बनाउन दियो। सन्दिपले १० अोभरमा पाँच मेडन राखेर २० रन खर्चदैं पाँच विकेट लिए। नेपालले सात विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका रोहित पौडेलले ४७ , आरिफ शेखले ४२ , पारस खड्काले ४७ र शरद भेषावकरले १९ रन बनाए। प्रतियोगितामा सन्दिपले चार खेलमा १४ विकेट लिएका छन्।

दुई पटक प्लेयर अफ दी म्याच समेत भएका सन्दीप क्यानडाकाे निशानामा हुनेछन्। उनले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। ब्याटिड भने पहिलो खेलदेखि नै धर्मर देखिएकाे छ। पारस , शरद, राेहितबाहेकले स्थिर प्रदर्शन गर्न सकेका छैनन्। नेपालले प्राय खेलमा ठुलो साझेदारीसाथ खेल्न सकेको छैन।

चार खेलमा क्यानडाकाे प्रदर्शन
पहिलाे खेलमा अाेमानलाई एक सय ६ रनमा समेट्दै अाठ विकेटले विजयी भएकाे क्यानडाका लागि त्यस खेलमा बलिङतर्फ निखिल दत्तले ३ अोभरमा चार बलमा दुई मेडन राखेर १२ रन खर्चदैं तीन विकेट लिएका थिए। डेलर हिलिगन , सत्सिमरन्जित धिन्ड्सा र सेसिल पर्भेजले दुई दुई विकेट लिएका थिए। ब्याटिङतर्फ नितिस कुमारले ५३ र रुविन्दु गुनसेकेराले ४६ रन बनाए।

दाेस्राे खेलमा दुई सय १० रनकाे लक्ष्य प्रस्तुत गरेकाे क्यानडाले यूएईलाई एक सय ८६ रनमा समेटेको थियाे। क्यानडाका नितिस कुमारले ६२ रन बनाएका थिए। बलिङतर्फ धिन्ड्सा , नितिस कुमार, गुनसेकेरा र निखिल दत्तले दुई दुई विकेट हात पारेका थिए। आफ्नाे तेस्राे खेलमा एक सय ८७ रनकाे लक्ष्य प्रस्त्तुत गरेकाे क्यानडाले केन्यालाई एक सय २६ रनमा सिमित गर्‍यो। ब्याटिङतर्फ गुनसेकेरा एक्लैले ८३ रन बनाएका थिए।

बलिङतर्फ क्यानडाका साद बिन जाफरले नवनित धालिवालले तीिन तीन विकेट लिए। नामिबियाविरुद्ध दुई सय ६९ रनको लक्ष्य पछ्याएकाे क्यानडाले निर्धारित अोभरमा दुई सय ५१ रनमात्र जोड्न सक्यो। ब्याटिङतर्फ गुनसेकेराले ५७ , पाथिराना ४७ , धालिवाल ४४ र नितिस कुमारले ३० रन बनाए।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्