प्रदेश १ को मन्त्रिपरिषद् पर्सि बन्ने

विराटनगर- प्रदेश नम्बर एकमा सानो आकारको मन्त्रिमण्डलले बिहीबारभित्र पूर्णता पाउने भएको छ। चार एमाले र दुई माओवादी केन्द्रको भागमा पर्ने देखिएको छ।

एमाले प्रदेश नम्बर एक प्रचार प्रसार विभाग प्रमुख एवं झापाका प्रदेश सभासदस्य हिक्मत कार्कीका अनुसार, ‘तत्कालका लागि ३ देखि ४ वटा मन्त्रालयको बाँडफाँट हुनेछ।’

संसदीय दलका नेता शेरधन राईसँगै काठमाडौं पुगेका कार्कीले टेलिफोन संवादमा एमालेबाट स्वयंको, त्यसैगरी मोरङका जीवन घिमिरे र सुनसरीका जगदीश कुशियतको नाम मन्त्रीको लागि प्रबल रहेको बताएका छन्। यद्धपि तीन मध्ये दुईजनासम्म पहिलो चरणमा मन्त्री हुने उनको भनाइ छ।

सोही क्रममा नेकपा माओवादी केन्द्रको पक्षमा तत्कालका लागि एक मन्त्रालय रहने बताइएको छ। कार्कीका अनुसार, ‘माओवादी केन्द्रका लागि गृह, अर्थ र भौतिक मध्ये एक मन्त्रालय दिन सकिनेछ।’ यद्धपि गृह र अर्थ एमालेले नै राख्न सक्ने संभावना छ।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

सहकारीमैत्री कानुन बनाउन मुख्यमन्त्रीको जोड

विराटनगर- प्रदेश नम्बर एकमा सानो आकारको मन्त्रिमण्डलले बिहीबारभित्र पूर्णता पाउने भएको छ। चार एमाले र दुई माओवादी केन्द्रको भागमा पर्ने…

अब सहकारी मैत्री ऐन कानुन निर्माण बन्छ- मुख्यमन्त्री राई

विराटनगर- प्रदेश नम्बर एकमा सानो आकारको मन्त्रिमण्डलले बिहीबारभित्र पूर्णता पाउने भएको छ। चार एमाले र दुई माओवादी केन्द्रको भागमा पर्ने…

तेह्रथुममा हरेक घन्टा बिरालो कराउने पार्क

विराटनगर- प्रदेश नम्बर एकमा सानो आकारको मन्त्रिमण्डलले बिहीबारभित्र पूर्णता पाउने भएको छ। चार एमाले र दुई माओवादी केन्द्रको भागमा पर्ने…

पाँच वर्ष काँग्रेस सत्ता बाहिर-प्रवक्ता शर्मा

विराटनगर- प्रदेश नम्बर एकमा सानो आकारको मन्त्रिमण्डलले बिहीबारभित्र पूर्णता पाउने भएको छ। चार एमाले र दुई माओवादी केन्द्रको भागमा पर्ने…

कांग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्दै, सशांक रिङ आउट

विराटनगर- प्रदेश नम्बर एकमा सानो आकारको मन्त्रिमण्डलले बिहीबारभित्र पूर्णता पाउने भएको छ। चार एमाले र दुई माओवादी केन्द्रको भागमा पर्ने…

प्रदेश ६ ले मार्‍यो बाजी: नाम र स्थायी राजधानी दुवै तोक्यो