ट्रकमा एक्कासी आगो लाग्दा चालक घाइते

नेपालगञ्जमा जलेको ट्रक। तस्बिर: देशसञ्चार

नेपालगञ्ज– नेपालगञ्ज भन्सार कार्यालय परिसरमा राखिएको ट्रकमा आगो लाग्दा चालक घाइते भएका छन्।

भारतबाट दाल बोकेर आएको युपी २२ टी १४९९ नम्बरको ट्रकमा बिहान एक्कासी आगो लाग्दा भित्र सुतेका चालक रहिस खाँ घाइते भएका हुन्।

बिहान दुई बजेतिर ट्रकमा आगो लागेपछि नेपालगञ्जबाट गएको दमकल र प्रहरीले आगो निभाएका थिए। ट्रकमा आगो लागिरहँदा चालक खाँ भित्रै थिए। नजिकै रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाबाट गएको प्रहरी टोलीले दमकलको सहायताले आगो निभाउँदै चालकको उद्धार गरेको थियो।

भारत नानपारा निवासी चालक खाँको हात, मुख, घाँटी, कान जलेको छ। गम्भीर घाइते रहेका खाँलाई तत्कालै भेरी अञ्चल अस्पताल ल्याइएको थियो। अपरान्ह चार बजे उनलाई आफन्तले भारतमै उपचार गर्न लगेका छन्।

ट्रकमा ७ सय ३ बोरा दाल थियो। तीमध्ये १ सय ८० बोरा जलेको छ। दमकलले आगो निभाउँदा अरु पनि भिजेको छ। भारतबाट दाल बोकेर आएको ट्रक भन्सार पास नभएपछि त्यही परिसरमै खडा थियो। त्यहाँ अरु ट्रकहरु पनि थिए। एउटामा आगो लाग्ने बित्तिकै अरुलाई नजिकबाट हटाइएको थियो।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन। चालक बोल्न नसक्ने अवस्थामा छन्। ब्याट्री सट भएर आगो लागेको आशंका गरिएको छ।

इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज सुधीर खड्काले आगो लाग्ने बित्तिकै तत्काल दमकललाई बोलाएर आगो निभाएको बताए।

‘नजिकै भएकाले दश मिनेटभित्रै पुगेर आगो निभाइयो,’ खड्काले भने, ‘त्यसले गर्दा ठूलो क्षति हुन पाएन।’

गम्भीर घाइते भएका ट्रक चालकलाई थप उपचारका लागि भारत लगिएकाले आएपछि वास्तविक कुरा बाहिर आउने अधिकारीहरुले बताएका छन्।

नेपालगञ्जमा केही दिनअघि मात्रै हाइस (सानो गाडी) होटलको पार्किङमा राखेको बेला नै आगो लागेको थियो।

फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू

प्रदेश ७ का ३३४ शिक्षक धनगढीमा, जनप्रतिनिधिले टर्चर दिएको आरोप

नेपालगञ्ज– नेपालगञ्ज भन्सार कार्यालय परिसरमा राखिएको ट्रकमा आगो लाग्दा चालक घाइते भएका छन्। भारतबाट दाल बोकेर आएको युपी २२ टी…

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

नेपालगञ्ज– नेपालगञ्ज भन्सार कार्यालय परिसरमा राखिएको ट्रकमा आगो लाग्दा चालक घाइते भएका छन्। भारतबाट दाल बोकेर आएको युपी २२ टी…

प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

नेपालगञ्ज– नेपालगञ्ज भन्सार कार्यालय परिसरमा राखिएको ट्रकमा आगो लाग्दा चालक घाइते भएका छन्। भारतबाट दाल बोकेर आएको युपी २२ टी…

हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गयो

नेपालगञ्ज– नेपालगञ्ज भन्सार कार्यालय परिसरमा राखिएको ट्रकमा आगो लाग्दा चालक घाइते भएका छन्। भारतबाट दाल बोकेर आएको युपी २२ टी…

बार्षिक १० लाख बालबालिका जन्मने बित्तिकै मर्छन: युनिसेफ

नेपालगञ्ज– नेपालगञ्ज भन्सार कार्यालय परिसरमा राखिएको ट्रकमा आगो लाग्दा चालक घाइते भएका छन्। भारतबाट दाल बोकेर आएको युपी २२ टी…

भक्तपुरमा फागूको बेग्‍लै चलन, जहाँ लिङ्‌गलाई पूजिन्छ!

नेपालगञ्ज– नेपालगञ्ज भन्सार कार्यालय परिसरमा राखिएको ट्रकमा आगो लाग्दा चालक घाइते भएका छन्। भारतबाट दाल बोकेर आएको युपी २२ टी…