पोखराको लेकसाइडमा खुल्यो गजल साँझ

रेस्टुरेन्ट उद्घाटन गर्दै गायक दीप श्रेष्ठ। तस्बिर: जमुना बर्षा शर्मा

पोखरा- पोखराको लेकसाइडमा हालै सञ्चालित ओपन हाउस रेस्ट्रो एण्ड लाउन्ज बारमा फागुन १ देखि गजल साँझ सञ्चालनमा आएको छ।

बारको चर्चित गायक दीप श्रेष्ठले मंगलबार उद्घाटन गरे। रेस्टुरेन्टमा हरेक दिन साँझ सांगीतिक कार्यक्रमको मज्जा ग्राहकले पाउने होटलका संचालक गणेश थापाले बताए।

उनले भने, ‘नेपाली र भारतीय ग्राहकलाई लक्षित गरी सञ्चालनमा आएको गजल साँझमा ७ देखि राति ११ बजेसम्म सांगीतिक कार्यक्रम हुनेछ।’

उक्त सांगीतिक कार्यक्रममा नेपाली र हिन्दी गजल मात्रै गाउने व्यवस्था गरिएको छ। ‘ग्राहकको रोजाइ अनुसारका गजल गाइन्छ,’ थापाले भने। रेष्ट्रोमा थापासहित सुरेश गुरुङको लगानी छ।

पोखराको महेन्द्रपुलमा सञ्चालित ओपन हाउसकै ब्राण्डलाई लेकसाइडमा बिस्तार गरिएको हो। रेस्ट्रोमा करिब २ करोड रुपैयाँ लगानी भएको थापाले जानकारी दिए।

नेपाली, इन्डियन, चाइनिज, इटालियन तथा कन्टिनेन्टल खानाका परिकारका साथमा पाहुनाको रोजाइअनुसारको खाजा तथा खानाको सुविधा रेस्टुरेन्टमा उपलब्ध रहेको सञ्चालक गुरुङले जानकारी दिए। ‘पूर्ण पारिवारिक वातावरणमा सेवा उपलब्ध हुन्छ,’ उनले भने, ‘सफा तथा हाइजेनिक खाना तथा खाजा हामी पाहुनालाई खुवाउँछौं।’

रेस्टुरेन्टमा १ सय २० जनाको क्षमता छ। ४० जनालाई प्रत्यक्ष रोजगारी दिइएको सञ्चालक गुरुङले जानकारी दिए।

गजल रेस्टुरेन्टमा आएका गायक दीप श्रेष्ठ। तस्बिर: जमुना बर्षा शर्मा
फाल्गुन १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्