काठमाडौं – प्रोटिनले शारीरको बृद्धि, विकास र सुरक्षामा विषेश भूमिका खेलेको हुन्छ । पौष्टिक तत्वकै तेस्रो महत्वपूर्ण तत्व हो प्रटिन । हामीले दैनिक खाने खानामा प्रोटिन हुनु आवश्यक हुन्छ । मावन शरीरमा प्रोटिन अपरिहार्य रहेको छ ।

बालबालिका, किशोर किशोरी तथा गर्भवति महिलाको शारीरिक विकासका लागि प्रोटिनको अत्याधिक महत्व रहन्छ ।

यूनिर्भस अफ म्यारील्याण्डका अनुसार हामीले दैनिक खाने सन्तुलित आहरा मध्ये स्वस्थ वयस्क व्यक्तिमा आवश्यक पर्ने क्यालोरी मध्ये प्रोटिनको मात्रा १० देखि ३० प्रतिशत रहन्छ ।

प्रोटिन पाइने केही स्रोत

दूध र दूधबाट बनेका खानेकुरा
दुई दलीय गेडागुडी र त्यसबाट बनेका खाना
माछा, मासु, अण्डा
सुख्खा खानेकुरा जस्तैः काजु, किसमिस, बदाम, नरिवल आदि ।

गाउँ घर र शहरमै पनि यस्ता खाने कुरा पाइन्छन्, चाहे त्यो घरमै होस् वा बजारबाट किनेर किन नहोस् । तर बढ्दै गएको जनसंख्या, घट्दै गएको जमिन अनि बढ्दो आवश्यकताले स्वस्थ खानेकुरा पाउन मुश्किल भएको छ ।

यसले गर्दा खानपानमा विशेष ध्यान दिनु पर्ने डाक्टरले बताउने गरेका छन् । अन्नबाली लगाउँदा रसायनिक मल र किटनाशक औषधिको अत्याधिक प्रयोगका कारण स्वस्थ्यकर खाद्यान्न पाउनै मुश्किल बनेको छ ।

यस्तै माछ मासृुमा पनि जनावरमा लाग्ने रोग र बोसो वृद्धिका कारणले रोग निम्तने जोखिम छ । यसैले खाने कुरासँगै त्यसको गुणस्तरलाई पनि ख्याल गरेमा मात्रै शरीर स्वस्थ रहन सक्छ ।

प्रोटिनबाट हुने फाइदा

१) मांसपेशी र सेलहरुको निर्माण
२) शारीरिक वृद्धि विकास
३) हार्मोनहरुको निर्माण
४) हेमोग्लोबिन र थाईरोक्सिन निर्माण

फाल्गुन २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्