दाङमा दुर्लभ रेडपाण्डाको छालासहित दुई पक्राउ

फोटो क्याप्सनः दुर्लभ वन्यजन्तु रेडपाण्डा। तस्बिर: दशरथ घिमिरे

दाङ– दाङमा दुई जना व्यक्ति दुलर्भ रेड पाण्डको छालासहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जना व्यक्तिलाई पक्राउ गरेको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ वेलुवाबाट पक्राउ पर्नेमा सल्यान जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ३ टा्ड्के निवासी ३६ वर्षीय टोपबहादुर वली र कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ५१ वर्षीय रुपलाल बोहरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

उनीहरुलाई बेचबिखन गर्न लागेको दुर्लभ रेडपाण्डासहित प्रहरीले पक्राउ गरेको हो। आवश्यक कारवाहीको लागि सम्वन्धित कार्यालयमा बुझाइने प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।

फाल्गुन २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्