आजको मौसम : देशभरको मौसम सामान्यतया सफा
काठमाडौं – देशभरको मौसम बिहीबार सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । न्यून चापिय प्रणालीको प्रभाव सकिएकाले धेरैका अधिकांश ठाउँमा बिहानैदेखि घाम लागेको छ ।
तर पश्चिमको पहाडी क्षेत्रका केही ठाउँमा स्थानीय वायुको प्रभावले आंशिक बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै उच्च पहाडी क्षेत्रमा पनि बिहीबार मौसम सामान्यतया सफा रहने छ । काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ । अब बिस्तारै जाडो कम हुँदै गएको र गर्मी बढ्ने मौसमविदले बताएका छन् ।