केपी ओलीलाई सेयर बजारको हरियो झण्डा

काठमाडौं- केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन २ बजे सम्म सेयर बजार २४ अंकले बढिसकेको छ। आजै केपी ओलीले सपथ लिने चर्चा चले पछि बिहिबार बिहानै देखि सेयर बजारमा उत्साह देखिएको हो।

बिगत १ महिना देखि दिनभरमा ३० करोड रुपैयाँको हाराहारीमा कारोबार भइरहेकोमा बिहिबार समाचार तयार पार्दा सम्म ४० करोड रुपैयाँको कारोबार भईसकेको छ।

बुधबार शेर बहादुर देउवाले राजनीमा दिने चर्चाले  पनि सेयर बजार उकालो लागेको थियो।  देउवाले आजै बिहान राजिनामा दिएका थिए।

नयाँ सरकार बने पछि सेयर बजार बढ्ने लगानीकर्ताले आशा गर्दै आएका छन्।

 

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्