माओवादी अहिल्यै सरकारमा नजाने

एकता र सरकार गठन प्रक्रियमा लामो समय खर्चिएको बाम गठबन्धनमा अन्तिम समयमा फेरि गम्भीर मतभेद उत्पन्न हुँदा माओवादीले तत्काल ओली सरकारमा प्रवेश नगर्ने निर्णय लिएको छ।

त्यसको अर्थ माओवादीले ओली सरकारलाई हालका लागि बाहिरैबाट समर्थन जनाउने निर्णय गरेको छ।

खासगरी जनताको बहुदलीय जनवाद र ‘जनयुद्ध’बारे अन्तिम टुंगो नलागेसम्म माओवादीले सरकारमा प्रवेश नगर्ने निर्णय गरेको माओवादी स्रोतले जानकारी दियो।

बिहीबार नै गठन हुने सानो मन्त्रिपरिषदमा माओवादीका तर्फबाट कृष्णबहादुर महरा र एमालेका तर्फबाट एकजना मन्त्री बनाउने सल्लाह भइरहे पनि सैद्धान्तिक विषयमा कुरा नमिल्दा माओवादी मन्त्रिपरिषदमा नजाने भएको हो।

‘सैद्धान्तिक विषयमा कुरा मिलेपछि बल्ल माओवादी सरकारमा जानेछ,’ माओवादी स्रोतले जानकारी दियो।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्