प्रदेश २का मुख्यमन्त्रीले लिए भोजपुरीमा सपथ, तीन मन्त्रीको सपथ तीन भाषामा

जनकपुरधाम- प्रदेश नं. २ को मुख्यमन्त्री नियुक्त भएका लालबाबू राउतले सपथग्रहण गरेका छन्।

मुख्यमन्त्री राउतले आफ्नो मातृभाषा भोजपुरीमा सपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालय रहेको जनकपुर चुरोट कारखानाको मैदानमा भएको सपथग्रहण समारोहमा मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले सपथ खुवाएका हुन।

प्रमुख कायस्थले नेपाली भाषामा सपथग्रहण गराउँदा मुख्यमन्त्री राउत आफ्नो मातृभाषा भोजपुरी सपथ ग्रहण गरेका थिए।

प्रदेशसभाको पहिलो बैठकमा हिन्दी बोलेका मो. राउत मुख्यमन्त्री नियुक्त भएसंगै भोजपुरीमा सपथ लिएका छन् भने सम्बोधन नेपाली भाषामा गरेका छन्।

दुई सदस्यी मन्त्रीमण्डल गठन
मुख्यमन्त्रीसंगै विहीवार नै प्रदेश नं. २ मा २ सदस्यीय मन्त्री मण्डल गठन समेत गरिएको छ।

प्रदेश २ मा मुख्यमन्त्री सहित अर्थ तथा वाणिज्य र भौतिक तथा पुर्वाधारमन्त्रीमा नियुक्त गरिएको छ।

अर्थमन्त्रीमा राजपाबाट जितेन्द्र सोनल र भौतिकमन्त्रीमा फोरमबाट विजय यादव मन्त्रीपदमा नियुक्त हुँदै मुख्यमन्त्रीको साथै सपथ समेत लिएका छन्।

तीन मन्त्रीको सपथ तीन भाषामा
प्रदेश-२ मा हिन्दी भाषालाई लिएर विवाद भईरहेको बेला सपथ ग्रहणको मन्त्रीहरुले आ-आफ्नै मातृ भाषामा सपथ लिएका छन्।

मुख्यमन्त्रीले आफ्नो भाषा भोजपुरीमा सपथ लिइ रहेको बेला अर्थमन्त्री जितेन्द्र सोनलले हिन्दी भाषामा सपथ लिए।

यस्तै भौतिकमन्त्री विजय यादवले मैथिलीमा सथप लिएका छन्।

सोनलले मैथिलीमा सपथ लिन शुरु गरेपनि पछि हिन्दी नै बोलेका थिए। पछि तीनै जना मन्त्री लिएको सपथ ग्रहणमा तीन वटा भाषा मिसिएको थियो।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू