नेप्सेले सार्वजनिक गर्यो ‘क’ वर्गका कम्पनीको सूची

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुचिकृत कम्पनीलाई क वर्गमा कम्पनीमा बर्गिकरण गरेको छ।

नेप्सेमा सुचिकृत १ सय ९४ कम्पनी मध्ये १ सय १० कम्पनी क वर्गका कम्पनीमा परेका छन्।

धितोपत्र सूचिकरण विनियमावली,२०५३ को विनियम १४ को उपविनियम २ अनुसार कम्तिमा २ करोड रुपैयाँ चुक्ता पुँजी, एक हजार शेयरधनी, लगातार तीन वर्षदेखि नाफामा रहेको,  शेयरको बुक भ्यालु चुक्ता मूल्य भन्दा बढी  भएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र आय–व्यय विवरण पेश गरेको कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले ‘क’ वर्गमा वर्गीकृत गर्दै आएको छ ।

नेप्सेले सार्वजनिक गरेको विज्ञप्ती अनुसार ‘क’ वर्गमा २७ बाणिज्य बैंक, २६ माइक्रोफाइनान्स कम्पनी, २१ विकास बैंक, १६ बिमा कम्पनी,  ११ फाइनान्स कम्पनी, ५ जलविद्युत कम्पनी, २ होटल र २ अन्य समूहका कम्पनीमा परेका छन्।

आर्थिक बर्ष २०५३/५४ देखि सूचिकृत कम्पनीहरुको वर्गीकरण गरिने प्रक्रिया सुरु भएको हो।

गत बर्ष १ सय ११ कम्पनी ‘क’ वर्गमा वर्गीकृत भएका थिए।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्