सरकारी निर्णय कार्यान्वयन नभए सडकमा उत्रिने क्‍यासिनो अन्‍नका मजदुरको चेतावनी

काठमाडौं-क्यासिनो अन्‍ना संघर्ष समितिले सरकारले गरेको निर्णय तत्काल कार्यान्वय नगर्न सरोकारवाला निकायहरुसँग जोडदार माँग गरेको छ।

समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर यस्तो माँग गरेको हो। सरकारले ०६८ साउन ४ गते ९ सय २२ जनामजदुरलाई समायोजन गर्नुपर्ने निर्णय तत्काल कार्यान्वयन गर्न समितिले माँग गरेको हो।

सरकारी निर्देशन अवज्ञा गर्दै आएको होटल अन्‍नपूर्ण सञ्‍चालकले अहिलेसम्म विनाकारण कामबाट हटाएका क्यासिनोका कामदार मजदुरलाई विभिन्‍न बहाना देखाउँदै वर्षौदेखिको तलभत्ता समेत नदिई बेहाल बनाएको मजदुरहरुको आरोप छ।

समितिका रिट संयोजकगोपाल राईको नाममाजारी प्रेस वक्तव्यमाआफूहरुले उठाएका माँगहरु तत्काल पूरा हुनुपर्नेबताईएको छ । समितिले आफ्नामाँग पूरा गराउन जस्तोसुकै कदमचाल्नपनि पछि नहट्ने चेतावनी दिएको छ।

समितिले अघि सारेकामाँगहरुमा सबै मजदुरहरुको जागिजोडेर निरन्तरता दिनु पर्ने,मजदुरहरुको बाँकी बक्‍यौता क्यासिनो सञ्चालन गर्नु पूर्व नै भुक्तानी गर्नुपर्ने, मजदुरहरुको भुक्तानी नगर्ने हो भने लाईसेन्स खारेज गर्नुपर्ने र सरकार रोयल्टी, मजदुरको ज्याला, उपदान भुक्तानी नगरी यसरी क्यासिनोको नाम र सञ्‍चालक फेरेर माफियाले राजश्‍व छल्ने गरेकोले बाँकी वक्यौक्ताचुक्तानगरी क्यासिनोको सञ्चालक परिवर्तन गर्न प्रतिबन्ध लगाउनुपर्ने र क्यासिनो सञ्‍चालन गर्ने ठाउँमा उपलब्ध गराउने होटलको नविकरण रोक्नुपर्ने छ।

कार्यक्रममा नेपाल स्वतन्त्रहोटल तथाक्यासिनो मजदुर युनियनका राष्ट्रिय अध्यक्ष सुर्य कुँवरले सबै सरोकारवालाहरु एक ठाउँमा बसेर यो समस्याहलगर्नको लागिअब पहल गर्नु पर्ने बेलाआएको बताए। त्यस्तै अखिल नेपालहोटल, क्यासिनो तथा रेष्टुँरा मजदुर संघका उपाध्यक्षमिलनमल्लले नयाँ सञ्चालनमाआएको क्यासिनो तत्कालखारेज गर्नुपर्ने बताए।

उनले भने,’एउटा होटलमा एउटा क्यासिनोको लाईसेन्सको बाँकीबक्यौक्ता हुँदा हुँदै अर्को संस्था (एट्लान्टिक रिक्रियशन सेन्टर) लाई कसरी क्यासिनो सञ्‍चालनको लागि अनुमतिदिन मिल्छ ? यो त मिल्दै नमिल्ने कुरा हो, यो कानूनी राजको बर्खिलापहो।’

नेपाल स्वतन्त्र होटल मजदुर श्रमिक सम्बद्ध संघका अध्यक्ष खेमराज खड्काले पनिआफ्नो धारणा राखेकाथिए । उनले अहिले देखिएको उक्तसमस्या समाधानगर्नको लागिआफूले पनिपहलगर्ने विश्वास दिलाए । उनले तीनवटै संघ एकजुट भएर आगामीदिनमासंघर्ष गर्ने वचन दिए।

कार्यक्रममा समितिका तर्फबाट मुरारी दाहालले आफ्नो धारणा राखेका थिए । उनले भने,’आधादर्जनभन्दा बढि मजदुर साथीहरुले आत्महत्यागरिसक्नुभयो, कतिपय साथीहरु अहिले मर्नु न बाँच्नुको अवस्थामा हुनुहुन्छ, सरकारले हाम्रामाँगहरु पूरा गरोस्।’

समितिकाअनुसार अन्तर्राष्ट्रिय सम्बन्धतथाश्रम समितिको प्रतिवेदन–०७२ ले समेत सरकारी निकायलाई दोषी देखाउँदै महाभूकम्पको मौका छोपीहोटल व्यवस्थापनले आफूखुशीअनियमतितवरले उक्तक्यासिनो सञ्चालन रहेको भवनभत्काएर समस्याझन बढाएको ठहर गरेको थियो ।

त्यतिमात्रै नभएर संसदीय समितिको प्रतिवेदनलाई वास्तानगरी पूनः सरकारका केही भ्रष्ट कर्मचारीको मिलेमतोमानयाँअनुमतिपत्रलिई नाम समेत पविर्तन गरी सोहीहोटलमा क्यासिनो सञ्चालन गरेको पीडित मजदुरहरुको आरोप रहेको छ।

उनीहरुले श्रम कार्यालयबाट मुद्दा जितिएको र अहिले मुद्दा सर्वोच्चअदालतमा हुँदाहुँदै नयाँ क्यासिनो सञ्चालन (त्यो पनि नयाँ नाममा) गर्नु गलत भएकोले तत्काल नयाँ क्यासिनो खारेज हुनुपर्ने बताए।

कार्यक्रममा पर्यटन मन्त्रालयका प्रवक्ता र होटलतर्फबाट पनि एक जनाअधिकारीलाई निम्त्याईएको भए पनि उनीहरु नआएकोमा समितिले दुःख व्यक्त गरेको छ।

फाल्गुन ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्