ब्लक चेन प्रविधि बनाउँदै ‘माइक्रोसफ्ट’, व्‍यक्तिदेखि बैंक वित्तीयलाई फाइदै-फाइदा

काठमाडौं- विश्‍वमा सर्वाधिक प्रयोग हुने सफ्टवेयर कम्पनी माइक्रोसफ्टले ब्लक चेन प्रविधिको निर्माण गरिरहेको छ। एप्लिकेशनभन्दा निक्कै फरक प्रकारको प्रविधि हुने भएकाले माइक्रोसफ्टले आफ्‍ना सबै डाटालाई ब्लक्ड चेनको रुपमा पहिचान कायम गर्न लागेको बताइएको छ।

विकेन्द्रित रहेका डाटाहरुलाई एकै ठाउँमा कसरी सुरक्षित गर्ने भनेर उसले (डीआइएफ)सँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याउन लागेको घोषणा गरेको हो। जसमा व्‍यक्तिगत डाटा, गोप्‍य भन्दा पनि गोप्‍य सूचना र शारीरीक र भौतिक संसारका सूचनाहरु रहने छन्।

कमपनीले भनेको छ, ‘ धेरै ठूलो विस्तारमा धेरै एप्सहरु ल्‍याउनुभन्दा हामीले प्रत्‍येक मानिसको व्‍यक्तिगत डिजिटल आइडी होस भन्‍नेमा विश्‍वास लिएका छौ। यसले गर्दा प्रत्‍येक एकको आफ्‍नै परिचय हुन्छ र सबै फरक फरक नम्बरमा प्रदान गरिएको हुन्छ। व्‍यक्तिहरुले ब्लक्ड चेन प्रविधिमा आफ्नो डाटालाई हरपल सुरक्षित राख्‍न सक्छन्।’

यस्तै कम्पनीले अफ चेन सोलुशन समेत विकास गरिरहेको छ । जसले गर्दा धेरै मात्रा रहेका आइडी कार्डको डाटा ब्लक्ड चेन नेटवर्कभन्दा बाहिर पनि राख्न सकिन्छ।
यसबारेमा कम्पनीले रिसर्च गरेर डेमोको तयारीमा लागेका छ भने क्रिप्टोकरेन्सी जस्तै विटक्‍वाइन र इथरेमलाई समेत प्रवेश दिने गरी ब्लक्ड चेन प्रविधि अपनाइनेछ। यसले गर्दा प्रयोगकर्ताले थप सुरक्षित महसुस गरी आवेदन दिने आउनेछन्।

अर्कोतिर माइक्रोसफ्टले तेस्रो पक्षसँग पनि ब्लक्ड चेन प्रविधिको बारेमा छलफल र बसह गरिरहेको छ। उसले यो प्रविधिलाई कसरी व्‍यक्ति हात हातमा पुर्‍याउने भनेर समाधानका उपायहरुको खोजी गरिरहेको छ।

कम्पनीले दाबी गर्दै भनेको छ ‘ अहिले प्रयोगकर्ताले अनगिन्ती एप्सहरुको सेवा लिइरहेका छन्। यसले त्‍यहाँ भएको डाटा कहाँ र कसरी प्रयोग भइरहेको छ भन्‍नेबरेमा केही थाहा पाउन सक्‍दैनन्। तर जब ब्लक्ड चेन प्रविधि आउँछ, तब व्‍यक्तिगत एक एक कुरा थाहा हुन्छ। यसले व्‍यक्तिलाई अपनत्वको अनुभव गराउँछ र सुरक्षित भएको महसुस गराउँछ। ‘

ब्लक्ड चेन प्रविधिले कसरी काम गर्छ ?

माइक्रोसफ्टले अहिले ब्लक्ड चेन प्रविधिलाई आममानिसको बीचमा लैजान नयाँ नयाँ सेवाहरुको अफरमा प्रस्ताव गरिरहेको छ।

१.विकेन्द्रिकृत पहिचानहरु(डीआइडीएस) प्रणाली
यसमा छरिएर रहेका सबै साँझा कागजातलाई एउटा सिस्टमा राख्‍ने काम हुन्छ जसले मानिसको कामलाई सजिलो बनाउनमा मद्दत गर्दछ।

२. आडेन्टीटी हब्स प्रणाली

यसमा फाइलहरु इन्क्रिप्टेड अर्थात गोप्‍य तरिकाले कसैले खोल्‍न नमिल्‍ने गरी डाटाहरु स्टोर गरेर राखिएको हुन्छ। जसमा म्‍यासेज, इन्टेण्ड रिले, एटेस्टेशन ह्‍याण्डलिङ र आइडेन्टिटी स्पेशिफिक कम्‍प्‍युट इन्डप्वाइन्ट्स।

३. युनिभर्सल डीआडी रिसोल्भर प्रणाली

यसमा एउटा मजबुत सर्भर राखिएको हुन्छ जसले डिआइडीलाई ब्लक्ड चेनलाई समेत समाधान गर्ने काम गर्दछ।

४. भेरिएबल क्रेडिन्सियल प्रणाली

यसले कागजातलाई इन्कोडिङ गरे डाटा बेसमा पठाउने काम गर्दछ।

‘यी सबै प्रक्रियाहरु भइसकेपछि एउटा सिस्टम बस्छ जसले एउटा प्रोटोकल, ब्लक्ड चेन र सुरक्षाको उच्च तहमा लैजान्छ । साथै व्‍यक्तिगत मात्रै नभएर संस्थागत रुपमा समेत डाटाहरु सुरक्षित हुन पाउँछ।’ कम्पनीले भनेको छ।

माइक्रोसफ्टले यसलाई अन्तिम रुप दिन कानुनी परामर्श लिइरहेको छ भने सबै उपायहरु अपनाउन तयार रहेको बताएको छ। उसले भनेको छ, ‘ अबको दिनमा विशेष गरी बैंक तथा वित्तीय संस्थाहरुलाई रकमको कारोबार गर्न सरल, सहज र प्रभावकारी हुनेछ। किनकी यसबाट कसैले पनि ढाट्‍न र छल गर्न पाउने छैन।’

फाल्गुन ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्