आइएमई इन्स्योरेन्सले खोल्यो सुर्खेतमा शाखा कार्यालय

काठमाडौं-आइएमई जनरल इन्स्योरेन्सले सुर्खेतमा शाखा कार्यालय स्थापना गरेको छ। आइएमई जनरल इन्स्योरेन्स संचालक योगेन्द्र राई र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए।

कार्यक्रममा राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमानै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरिरहेको बताए।

कम्पनीले देश भरमा २८ शाखा, ४ उपशाखा र १० सेवा काउण्टरबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको जनाएको छ।

कम्पनीले थप १२ शाखा तथा उपशाखा कार्यालय खोल्ने योजना बनाएको सीइओ श्रेष्ठले जानकारी दिए।

फाल्गुन ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्