बलात्कार गरी बहिनीको हत्या आरोपमा एकजना पक्राउ

सप्तरी – सप्तरीको खड्क नगरपालिकाका एक युवकले बलात्कार गरी आफ्नै बहिनीको हत्या गरेका छन् ।

खड्का नगरपालिका–९ लालपट्टिका १८ वर्षका राजदेव मण्डलले बलात्कार गरी बहिनीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

गएको माघ २५ गते घरमा कोही नभएको बेला आफ्नो नजिकको नातामा बहिनी पर्ने ११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरको प्रहरीको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्