आजको मौसम : देशभरको मौसम बदली, हिमपात र छिटफुट वर्षाको सम्भावना

काठमाडौं – पहाडी क्षेत्रमा शनिबार दिनभर सामान्यतया मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशका अरु क्षेत्रमा पनि आंशिक बदली हुने मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।

पश्चिमी वायुको प्रभावले मौसम बलदी भएको हो । दिउँसो केही ठाउँको मौसम खुले पनि दिनभर बलदीकै अवस्था रहने उनले बताइन् । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका केही ठाउँमा पानी पनि पर्न सक्नेछ ।

शनिबार रातिको मौसम पनि बदली नै रहने तर आइतबारदेखि भने मौसम खुल्ने मौसमविद पोखरेलको भनाई छ ।

काठमाडौं उपत्यकामा पनि अहिले बादल लागेको छ । दिउँसो एकैछिन खुले पनि दिनभर आंशिक बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ ।

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्