सामुदायिक सेवा मञ्चको स्वर्ण सम्मान

काठमाडौं – सामुदायिक सेवा मञ्च, सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूले शनिबार विभिन्न समाजसेवीलाई सम्मान गरेको छ ।

सवाजसेवी तथा सामुदायिक मञ्च र बाढी पीडित कोषलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई स्वयम्भू रत्न सामुदायिक सेवा स्वर्ण पदक २०७४ बाट सम्मान गरिएको हो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो ।

रत्ननारायण न्युजुवा सायमीलाई मरणोपरान्त विशेष सम्मान गर्दै काठमाडौं महानगरपालिका १५ मा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सम्मान स्वरूप हरेक वर्ष १ तोला सुनको तक्मा प्रदान गर्ने कार्यको सुरुवात पनि गरिएको छ ।

केन्द्रका अध्यक्ष अमिन पाण्डेयले सभ्य सुरक्षित समाजको लागि सामुदायिक मञ्च अहोरात्र खटिन तयार रहेको बताए ।

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्