भैरव–लालमाया स्मृति पुरस्कार आदर्श प्रधानलाई

काठमाडौँ- द्वाल्खा गुठीले यो वर्षको ‘भैरव–लालमाया स्मृति पुरस्कार’ पत्रकार तथा मनोविद् आदर्श प्रधानलाई प्रदान गरेको छ।
शनिबार राजधानीमा आयोजित एक समारोहमा जेष्ठ नागरिक डबलबहादुर श्रेष्ठले प्रधानलाई नगद एवं सम्मानपत्र प्रदान गरे।
दोलखाली नेवारी भाषा तथा संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासमा उल्लेखनीय योगदान गरेबापत प्रधानलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
डेढ दशकदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील प्रधानले दोलखा जिल्लाको पहिलो इन्टरनेट पत्रिका दोलखा डट् कम पनि सञ्चालन गरेका हुन्।
त्यस्तै, संगीत क्षेत्रमा योगदान दिएकोमा ‘मनकृष्ण टिकालक्ष्मी स्मृति पुरस्कार’ पूर्णनारायण श्रेष्ठलाई प्रदान गरिएको छ।
द्वाल्खा गुठीको बार्षिक साधारण सभा एवं सम्मान कार्यक्रममा माननीय सांसद द्विब्यमणि राजभण्डारी, गुठीका अध्यक्ष माधवमणि राजभण्डारी, कालिन्चोक युवा क्लबका अध्यक्ष निरेन्द्र मास्के, भैरब–लालमाया स्मृति पुरस्कारका संस्थापक आत्माकृष्ण श्रेष्ठलगायत सहभागी थिए।