खड्कालाई उपचारका लागि दिल्ली लगिँदै

खुमबहादुर खड्काको फाइल तस्बिर।

काठमाडौँ- दुई दिनअघि गम्भीर अवस्थामा नर्भिक अस्पताल भर्ना गरिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता खुमबहादुर खड्कालाई थप उपचारका लागि आइतबार दिल्ली लगिँदै छ।

नर्भिक अस्पताल स्रोतका अनुसार मिर्गौला तथा कलेजो सम्बन्धी बिमारीका लागि लामो समयदेखि उपचार तथा औषधि सेवन गरिरहेका खड्कालाई ‘माइल्ड स्ट्रोक’ भएपछि बिहीबार अस्पताल पुर्‍याइएको थियो।

तर, शुक्रबार रातिदेखि उनको मुटुको चालमा असामान्य तीव्रता देखिएपछि थप उपचारका लागि उनलाई दिल्लोस्थित अपोलो अस्पताल लाने निर्णय परिवार र अस्पतालले गरेको हो।

एयर एम्बुलेस उपलब्ध हुन नसकेपछि आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट उनलाई दिल्ली लगिने स्रोतले बतायो।

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्