प्रधानमन्त्री कप भलिबलमा कोको पुगे सेमिफाइनलमा?

नेपालगञ्जमा जारी महिला भलिबल। तस्बिर: देशसञ्चार

नेपालगञ्ज – नेपालगञ्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबारको खेलपछि एपीएफ, नेपाल प्रहरी, शिवम न्यू डायमण्ड र बंगलादेशको इफाट सेमिफाइनलमा पुगेका हुन् ।

प्रतियोगिताको दाबेदार मानिएको एपीएफले आयोजक न्यू इन्द्रेणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ए को बिजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनायो । एपीएफले आयोजक बागेश्वरीलाई २५–१२, २५–१४ र २५–९ को सहज जित निकाल्यो।

समूह ए बाट एक खेलमा सफलता निकालेको बंगलादेशी टिम इफाटले सेमिफाइनलमा स्थान बनाइसकेको छ।

शिवम् न्यू डायमण्डले भारतको देहरादुन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै समूह बिजेता बन्यो। न्यू डायमण्डले देहरादुन स्पोर्टस् क्लबलाई २५–८, २५–९ र २५–४ को सेटमा पाखा लगायो।

पहिलो खेलमा पनि नेपाल पुलिससँग ३–० को हार ब्यहोरेको पाहुना टिम देहरादुन स्पोर्टस् प्रतियोगिताबाट बाहिरिदा पुलिसले उपबिजेताको रुपमा सेमिफाइनलमा स्थान जमाएको हो। सेमिफाइनलमा एपीएफ र प्रहरी तथा न्यू डायमण्ड र इफाटको बीचमा खेल हुनेछ।

फोटो ः

सम्बन्धित समाचार 

मिस नेपाल निकिताको प्रणय दिवस भलिबलसँग

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्