खानेपानी विवादमा झडप हुँदा एकको मृत्यु

सांकेतिक तस्बिर
सुर्खेत– खानेपानीका विषयमा स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–२ दुर्पालामा भएको झडपमा सिम्ता गाउँपलिका–२ का पहलमान बुढाको मृत्यु भएको हो।
खानेपानीको विषयमा गाउँलेहरुबीच विवाद भएपछि झडप भएको थियो।
झडपका क्रममा ढुंगा हानाहानमा गम्भीर घाइते भएका बुढाको उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक ध्रुव थापाले जानकारी दिए।
उनका अनुसार घटनामा गम्भीर घाइते सोही ठाउँका सुजन बुढाको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ। घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छिन्चु प्रहरीले जनाएको छ।

 

फाल्गुन ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्