पिसाब फेर्न गएका यात्रुको लडेर मृत्यु

चितवन- चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलविरेमा पिसाब फेर्न गएका एक यात्रुको लडेर मृत्यु भएको छ ।

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेमा गाडी रोकेर पिसाब फेर्न सडक छेउ पुगेका तनहुँ भानु नगरपालिका-३ का ५५ वर्षीय विष्णु जोशीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटना गएराति ९:२५ बजेको हो । उनी लडेर भीरमा खसेका थिए । भीरको बीचमा अड्किएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। शवलाई राति नै निकालिएको प्रहरीले जनाएको छ।

ग१ख ४१५५ नम्बरको बसमा स्थानीयहरु लुम्बिनीमा पिकनिक खाएर फर्कने क्रममा सो घटना भएको हो।

शसस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीको संयुक्त टोलीले राति नै शव निकालेर परीक्षणका लागि तनहुँ पठाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्