तिब्बतको ऐतिहासिक विहारमा आगलागी, भिडियो तथा तस्बिर रोक्ने प्रयासमा चीन

तिब्बतीयन बुद्धिजममा महत्वपूर्ण गुम्बामा आगलागी भएको छ । ल्हासाको जोखाङ विहारमा रहेको विहारमा आगलागी भएको हो ।

अनलाइनमा पोस्ट भएका भिडियो फुटेजमा बिहारको छानोबाट आगोको मुस्लो आएको देखिएको छ । प्यागोडा शैलीको विहारमा आगलागी भएको हो ।

चीनको सरकारी सञ्चारमाध्यमले शनिबार अबेर विहारमा आगलागी भएको र लगत्तै नियन्त्रणमा लिइएको जनाएको छ । घटनामा कसैको पनि ज्यान गएको छैन । तर आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

विहारमाचिनियाँ सरकारी सञ्चारमाध्यमले भने साँस्कृतिक सम्पदामा कुनै क्षति नभएको दाबी गरेको छ । मुख्यगरी बुद्धिस्टको बसोबास रहेको तिब्बत चीनको स्वायत्त राज्य हो ।

तिब्बतलाई विश्वको छानोको रुपमा लिने गरिन्छ । एक हजार वर्ष भन्दा पुरानो जोखाङ विहारलाई युनेस्कोले विश्वसम्पदा सूचिमा राखेको छ ।

चिनियाँ अधिकारीले आगलागीको भिडियो फुटेज तथा तस्बिरहरु अनलाइन तथा सामाजिक सञ्जालमा आउन नदिनका लागि ठूलो प्रयास गरेको दाबी गरिएको छ ।

यो विहार स्वतन्त्र तिब्बतको पक्षमा रहेकाहरुको केन्द्रको रुपमा रहने गरेको थियो । तिब्बती नागरिकले उनीहरुको नयाँ वर्ष ल्होसार बनाउने क्रममा आगो फैलिएको हो ।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्