‘भारतले गराएको हो मुम्बई आक्रमण’

भारतको मुम्बई मा १० वर्षअघि भएको आक्रमण भारतकै संलग्नतामा भएको एक जर्मन लेखकले बताएका छन् । मुम्बईमा सन् २००८ को नोभेम्बर २६ मा आतंककारी आक्रमण भएको थियो ।

यो आक्रमण पाकिस्तानी बिद्रोही संगठनले गरेको भारतीय आरोप रहेको छ । तर जर्मन लेखकले आफ्नो नयाँ पुस्तकमा भारतले इजरायल र अमेरिकाको सहयोगमा मुम्बई आक्रमण गरेको दाबी गरिएको पाकिस्तानी पत्रिका नवा–ए–वक्तले खबर छापेको छ ।

पत्रिकाका अनुसार जर्मन लेखक एलिस डेविडसनले आफ्नो नयाँ पुस्तक ‘भारतको जालझेल, २६ नोभेम्बरको प्रमाणमा पुर्नविचार’ मा मुम्बई आक्रमणका सबै प्रमाण तथा साक्षीको गहन अध्ययन गरेका छन् ।

यसबाट मुम्बई आक्रमण पाकिस्तानी बिद्रोहीले नभई भारतकै संलग्दतामा भएको र भारतले इजरायल र अमेरिकाको सहयोगमा झुटा साक्षी तयार गरेको उनले उल्लेख गरेका छन् । मुम्बई आक्रमणबाट भारतले मात्रै नभएर इजरायल र अमेरिकाले पनि फाइदा लिएको पुस्तकमा दाबी गरिएको छ ।

मुम्बईमा भएको श्रृङ्खलाबद्ध गोलीकाण्ड तथा बम आक्रमणमा एक सय ६४ जनाको ज्यान गएको थियो भने तीनसय भन्दा बढी घाइते भएका थिए ।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्