पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज-सप्तरीको डाकनेश्वरी नगरपालिका–३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आज मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत विहार राज्यअन्तर्गत मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका चार वर्षीय छोरा ललकु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ललकु मामा घर आएको र घरमा कोही नभएको बेला खेल्दाखेल्दै घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन्।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्