पूर्वकम्लरी कृष्णी बनिन् प्रदेश ५ की उपसभामुख

प्रदेश ५ को उपसभामुखमा निर्वाचित भएपछि पूर्वकमलरी कृष्णी थारु। तस्बिर-दशरथ घिमिरे/देश सञ्‍चार

बुटवल- प्रदेश ५ को उपसभामुखमा पूर्वकमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । २ जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन्।

संसद्मा उपस्थित ८५ सांसद्मध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ।

संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे।

फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन् । राष्टिय जनता पार्टीका १ जना सांसद्ले सपथ ग्रहण गरेका छैनन् ।

प्रदेश ५ को उपसभामुखमा निर्वाचित भएपछि पूर्वकमलरी कृष्णी थारु। तस्बिर-दशरथ घिमिरे/देश सञ्‍चार

उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रेसकी रिना नेपाल बिकले उम्मेदवारी दिएका थिए।

बैठकमा सभामुखले प्रदेश प्रमुख उमाकान्त झाले एमाले माओवादी केन्द्र गठबन्धनका उमेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्