प्रदेश ४को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित

प्रदेश ४को उपसभामुखमा निर्वाचित भएपछि हर्षित मुद्रामा सिर्जना शर्मा । तस्बिर-जमुना बर्षा शर्मा/देश सञ्‍चार

पोखरा-प्रदेश नम्बर ४ उपसभामुखमा एमाले र माओवादी गठबन्धकी साझा उम्मेदवार सिर्जना शर्मा निर्वाचित भएकी छिन्।

आइतबार प्रदेशको कार्यालय पोखरामा सम्पन्न निर्बाचनबाट शर्मा निर्बाचित भएकी हुन । शर्माको पक्षमा ३८ मत परेको थियो भने बिपक्षमा १८ मत परेको थियो ।

निर्वाचित उपसभामुखको शपथ आजै ४ बजे हुने तय गरिएको छ।

उनी एमालेको तर्फबाट समानुपातिक प्रदेश सांसद हुन। उनलाई उप- सभामुख निर्बाचित गरियोस भन्ने प्रस्ताव एमालेका सांसद मायानाथ अधिकारिले पेश गरेका थिए । उनको प्रस्तावमा एमाओवादीकै सांसद गायत्री गुरुङले समर्थन गरिन्।

प्रदेश सभाको आजको उक्त बैठकमा कुल ६० मध्ये ५६ जना सांसदको उपस्थिति रहेको थियो। उप- सभामुखमा नेपाली काङ्ग्रेसकि मनकुमारी गुरुङ, र जनमोर्चाकि पियारी थापाको उम्मेदवारी परेको थियो।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्