प्रदेश सभा कार्यसञ्‍चालन नियमावली समिति गठन

बुटवल-प्रदेश सभाको कार्य सञ्चालनसम्बन्धी नियमावली बनाउन समिति गठन गरेको छ।

संविधानको धारा १९४ बमोजिम प्रदेश सभाले आफ्नो कार्य सञ्‍चालन गर्न, काम, कारबाही र समितिसम्बन्धी अन्य विषय नियमित गर्नका लागि नियमावली बनाउने व्यवस्था गरेको छ।

सोही बमोजिम प्रदेश सभाले ६ सदस्यीय समिति गठन गरेको हो।

समितिमा एमालेका भूमिश्वर ढकाल, हरि प्रसाद रिजाल, माओवादीका तुलाराम घर्ती, कांग्रेसका अष्ठभूजा पाठक, संघीय फोरमका सन्तोष पाण्डे र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् ।

अर्को पाँचौ बैठक फागुन १३ गते बस्नेगरि आइतबारको बैठक स्थगित भएको छ।

फाल्गुन ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्