काठमाडौँ- बिहीबार प्रधानमन्त्री पदको शपथ खाएका केपी शर्मा ओली आइतबार बालुवाटारमा बसाइ सरेका छन्।

उनी करिब सात बजे बालुवाटार प्रवेश गरेका हुन्।

उनको प्रवेशका अवसरमा उनलाई सेनाको एउटा टुकडीले सलामीसमेत दिएको थियो।

ओली र उनको पत्नी राधिका शाक्यले बालुवाटार प्रवेशसँगै त्यहाँ रोपिएको पिपलको बोटमा पानी हालेका थिए।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले केपी ओलीको बालुवाटारमा प्रवेशलाई क्यामरामा यसरी कैद गरे:

सबै तस्बिरहरु: सुलभ श्रेष्ठ