इन्जुरी समयमा नाटकीय गोल, टोटनह्यामले रि–प्ले खेल्नु पर्ने

टोटनह्यामले एफए कप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि रि–प्ले खेल्नु पर्ने भएको छ । पाँचौँ चरण अन्तर्गत आइतबार राति भएको खेलमा लिग वान क्लब रोचडेलसँग २–२ को बराबरीमा रोकिएपछि माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले अन्तिम ८ मा स्थान बनाउनका लागि रि–प्ले खेल्नु पर्ने भएको हो ।

घरेलु मैदानमा भएको खेलमा इएन हेन्डर्सनको गोलबाट रोचडेलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ५९ औँ मिनेटमा लुकास मोउराले टोटनह्यामका लागि बराबरी गोल फर्काए ।

८८ औँ मिनेटमा पाएको पेनाल्टीमा ह्यारी केनले गोल गर्दै टिमलाई जित नजिक लगेका थिए । तर इन्जुरी समयको तेस्रो मिनेटमा स्टीव डेविसले नाटकीय रुपमा गोल गर्दै खेलमा बराबरी गरे । त्यसपछि टोटनह्यामले रि–प्ले खेल्नु पर्ने भएको हो ।

फाल्गुन ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्