धावक कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान तोडे

अमेरिकी धावक क्रिष्टियन कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् । न्यु मेक्सिकोमा भएको युएस इनडोर च्याम्पियनसिपमा ६० मिटर इनडोर दौडमा स्वर्ण पदक जित्दै कोलेम्यानले २० वर्ष पुरानो कीर्तिमान भंग गरेका हुन् ।

उनले ६० मिटरको दूरी ६.३४ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । उनले सन् १९९८ र २००१ म ६.३९ सेकेण्डमा दूरी पूरा गरेर माउसिस ग्रिनीले बनाएको कीर्तिमान भंग गरेका हुन् । ग्रिनी पनि अमेरिकी धावक नै हुन् ।

२१ वर्षका कोलेम्यानले गएको वर्ष भएको इनडोर प्रतिस्पर्धामा ६.४५ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जितेका थिए । यसपटक भने उनले उपाधिसँगै कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।

फाल्गुन ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्