संघीय संसदको पहिलो बैठक फागुन २१ गते

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा यही फागुन २१ गते सोमबार संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा फागुन २१ गते दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
नयाँ संविधानबमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद आह्वान भएको यो पहिलो पटक हो ।