मनमा लागेको कुरा भन्न पाइन्छ तर शीष्टता हुनु पर्छ: प्रधानन्यायाधीश पराजुली

काठमाडौं-प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडिया सत्यता उजागर गर्नका लागि  विकास भएकाले एकले अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताएका छन्।

बाल सुधार गृह सानोठिमिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायालय र मिडिया समाजको सत्यताका प्रतिक भएको बताए। उनले भने, ‘समाजमा आफुलाई ठुलो ठान्नेहरु असभ्यताको खेति गरिरहेको।’

अर्काका बारेमा भ्रामक सूचना सम्रेषण हुन थालेको भन्दै राज्यलाई घचघचाउने संस्था मिडियालाई आफ्नो विशेषता आफै नगुमाउन पराजुलीले आग्रह गरे।

पराजुलीले न्यायालय र मिडियाको कार्यशैली फरक भएपनि लक्ष्य भने सत्यको खोजी भएको उल्लेख गरे। सबैलाई आफ्नो कुरा भन्ने छुट रहेको भन्दै सत्यता र शिष्टताको भने व्यक्तिमा हुनुपर्छ, उनले भने।

पराजुलीले आफु प्रधानन्यायाधीश भएपछि न्यायसम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको दाबी गरे।

उनले आफु नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र यसले अतिरिक्त समयमा इजलास सञ्चालन हुँदा महत्वपूर्ण सफलता हाँसिल भएको बताउनुभयो।

विगतमा डेढ बर्षसम्म अबरुद्ध रहेको संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषयहरु निरन्तर निरुपण भईरहेको, बालबालिका, जेष्ठ  नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु लगायतका मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाई गरिरहेको उनले दाबी गरे।

न्यायालयमा भएका राम्रा र सुधारका कामको अनुहार हेर्नै नसक्ने व्यक्तिहरु निच तरिकाले प्रस्तुत भएर भ्रमको खेति गरिहेको प्रधानन्यायाधीश पराजुलीले आरोप लगाए ।

कार्यक्रममा बाल न्याय समन्वय समितिका अध्यक्ष समेत रहेका सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरेले बाल सुधार गृहलाई समयसापेक्षा आधुनिक र न्यायिक बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले न्यायिक काम कारबाहिमा कहिलेकाँही कसैले सोचेजस्तो नहुने भएकाले कुनै अमुक विषयलाई लिएर नउचाल्न आग्रह गरे ।

नाबालक कुनै अभियोगमा कैद हुने अवस्थामा सरकारले बालगृहमा पठाएर सुधार गृहमा विभिन्न किसिमका शिक्षा प्रदान गर्ने गरेको छ । बालगृहलाई युसेफ नामक गैरसरकारी संस्थाले व्यवस्थापन गर्दै आएको छ ।

 

फाल्गुन ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्