६५ वर्षे पाकिस्तानी क्रिकेटर इमरानले गरे तेस्राे विवाह

इस्लामावाद- पुर्व पाकिस्तानी क्रिकेटर इमरान खानले तेस्रो विवाह गरेका छन्।

सफल खेलाडी जिवनपछि राजनीतिमा सक्रिय ६५ वर्षे  इमरानले आफ्नै योग सल्लाहकार बुस्रा मानेकासँग विवाह गरेको पाकिस्तानी सन्चार माध्यमले जनाएका छन्।

लाहोरमा भएको वैवाहिक कार्यक्रम सामान्य थियो।

इमरानले पहिलाे विवाह बेलायती जेमिमा गोल्डस्मिथसँग गरेका थिए। तर याे सम्बन्ध नौ वर्षभन्दा बढी टिक्न सकेन।

त्यसपछि दाेस्रो विवाह टेलिभिजन कार्यक्रम प्रस्तोता रेहाम खानसँग भएको थियो। रेहाम र इमरानबीचकाे वैवाहिक सम्बन्ध नौ महिना पनि टिक्न सकेन।

४० वर्षभन्दा बढी उमेरकी मानेकाको यो दोस्राे विवाह हो। इस्लामवादस्थित  कर कार्यालयका वरिष्ठ अधिकारी  खवार फारिद मानेकासँग उनकाे विवाह भएको थियो।

पाकिस्तान तेरीक – ए -इन्साफका प्रमुख रहेका इमरान पछिल्लाे समय पाकिस्तानी राजनीतिको ठुला नाम हुन्।

उनले नवाज सरिफ पाकिस्तानकाे प्रधानमन्त्री भएका बेला उनीविरुद्ध अभियान नै चलाएका थिए।

पाकिस्तानले एकदिवशिय विश्वकप जित्दा टोलीका कप्तान रहेका इमरान पाकिस्तानको राजनीतिमा लोकप्रिय मानिन्छन्।

पहिलो श्रीमती मानेकातर्फ इमरानका दुई छोरा छन्।

फाल्गुन ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्