क्रिकेट खेलाडीलाई जनही ४/४ लाख

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग तस्बिर खिचाउँदै क्रिकेट टोली।

काठमाडौँ- नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई सरकारले प्रतिव्यक्ति ३ लाख रुपैयाँका दरले सम्मान गर्ने भएको छ।

प्रधानमन्त्री केपी ओलीले आफ्नै निवास बालुवाटारमा खेलाडी तथा प्रशिक्षकलाई बधाई तथा शुभकामना दिँदै यो जानकारी गराएका हुन्।

डिभिजन २ प्रतियोगितामा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेर विश्वकप छनौटमा पुग्न सफल भएको थियो। ओलीले बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा खेलाडीहरुलाई बधाई तथा शुभकामनासमेत दिएका थिए।

त्यस्तै, समारोहमा केपी ओलीले घोषणा गरेको रकममा मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि एक लाख रुपैयाँ जनही थपेर चार रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ।

फाल्गुन ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्