राष्ट्रियसभाका लागि तीनजनाको नाम सिफारिस

ओली सरकारले देउवा सरकारको निर्णय उल्ट्यो

काठमाडौं – सरकारले राष्ट्रियसभा सदस्याका लागि तीनजनाको नाम सिफारिस गरेको छ । केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीनजनाको नाम सिफारिस गरेको हो ।

मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्याका लागि रामनाथ बिडारी, युवराज खतिवडा र विमला पौडेल राईको नाम सिफारिस गरेको हो ।

यसअघि देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो । तर ओली सरकारले उल्ट्याउँदै नयाँ नाम सिफारिस गरेको हो ।

संविधान अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिएका छन् । तीनजना भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले अनुमोदन गर्ने व्यवस्था रहेको छ । त्यही व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले तीनजनाको नाम सिफारिस गरेका हुन् ।

फाल्गुन ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्