तीनकुनेमा बम फेला , सडक अवरुद्ध, निस्कृय बनाउने तयारी

काठमाडौं- काठमाडौंको तीनकुनेमा बम भेटिएपछि प्रहरीले बानेश्वर- तीनकुने सडक बन्द गरी निस्क्रिय बनाउने तयारी गरिरहेको छ।

महानगरिय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी रवि पौडेलले बम ब्यागमा राखेर खतरा लेखिएकाे जानकारी  दिए।

 

नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादीले आज देशभर बन्दको अाह्ववान गरेको थियो। पोखरामा आजै भएकाे बम विस्फोटमा परी दुई जना घाइते भएका छन्।

यसअघि प्रतिनिधी सभाकाे निर्वाचनका समयमा विप्लव नेतृत्वकाे माओवादीले शृ‌ंखलाबद्ध रुपमा बम आतंक मच्चाएको थियो। धेरै घाइते पनि भएका थिए।

सम्बन्धित समाचार 

तीनकुनेमा भेटिएको बम डिस्पाेज, यातायात सुचारु

फाल्गुन ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्