
काठमाडौंको तीनकुनेमा फेला परेको बम डिस्पोज गर्दै सेनाको टोली। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्चार
काठमाडौं- काठमाडौंको तीनकुनेमा भेटिएको बम करिब दुई घन्टापछि डिस्पोज गरिएको छ।
खतरा लेखेर बम ब्यागमा राखिएको भेटिएपछि केही समय बानेश्वर- तीनकुने सडक खन्ड अवरुद्ध भएको थियो।
नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेकपा माओवादीले आज देशभर बन्दको अाह्ववान गरेको थियो। पोखरामा आजै भएकाे बम विस्फोटमा परी दुई जना घाइते भएका छन्।
यसअघि प्रतिनिधी सभाकाे निर्वाचनका समयमा विप्लव नेतृत्वकाे माओवादीले शृंखलाबद्ध रुपमा बम आतंक मच्चाएको थियो। धेरै घाइते पनि भएका थिए।
तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्चार