डेढ विगाह क्षेत्रफलमा भलिबल स्टेडियम बन्ने

नेपालगञ्ज- बाँकेको खजुरा गाउँपालिका, सीतापुरमा अत्याधुनिक भलिबल स्टेडियम बन्ने भएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले मंगलबार स्टेडियमको सिलान्यास गरेका छन् ।

शुक्र माविले उपलब्ध गराएको चार विगाहमध्ये डेढ विगाह क्षेत्रफलमा अत्याधुनिक भलिबल स्टेडियम बन्न लागेको हो। तीन करोडको लागतमा भलिबल स्टेडियम बन्ने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिए।

सदस्य सचिव विष्टले ६ महिनामा भित्रमा स्टेडियम बनाइसक्ने प्रतिवद्धता व्यक्त गरे। २०७५ मंसीरमा आयोजना हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिबल खेल स्टेडियममा खेलाउने राखेपले तयारी गरेको छ ।

फाल्गुन ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्