कांग्रेस भन्छः ओली सरकारले प्रजातन्त्रको खिल्ली सुरुमै उडायो

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाडौँ- केपी ओली सरकारले शेरबहादुर देउबा सरकारको महत्वपूर्ण निर्णय उल्ट्याएर शासनको सुरुवातमै प्रजातन्त्रको खिल्ली उडाएको आरोप लगाएको छ।

कांग्रेसले राजधानीमा मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका तीन जनाको नाम उल्ट्याएर प्रजातन्त्र र विधिको अवमूल्यन गरेको भन्दै आपत्ति जनाएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार अनुसार फरक फरक व्यवहार गरेको र महत्वपूर्ण र संवेदनशील मानिने आफ्नाे पद विवादमा मुछेको आरोप लगाए।

एमाले सरकारले आफूहरुलाई सुरुवातमै आक्रोशित बनाउने काम गरेको भए पनि जिम्मेवारीका साथ प्रस्तुत हुने र गलत निर्णय अस्वीकार गर्ने उनको भनाइ छ। ्

देउवा सरकारले राष्ट्रिय सभाका लागि चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो ।

तर, मंगलबार बिहानको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा सदस्याका लागि रामनाथ बिडारी, युवराज खतिवडा र विमला राई पौडेलको नाम सिफारिस गरेपछि कांग्रेस आक्रोशित बनेको हो।

फाल्गुन ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्