रञ्जु दर्शनासहित १४ जना प्रहरी नियन्त्रणमा

विवेकशील साझा पार्टीका रञ्जु दर्शनासहितलाई पक्राउ गरेर भ्‍यानमा हाल्‍दै प्रहरी। तस्बिर-दीपा दाहाल/देश सञ्‍चार

काठमाडौँ- सर्वोच्च अदालतमा जवाफ दिन पुगेका डा. गोविन्द केसीको समर्थन गर्दै प्रदर्शनमा उत्रिएका विवेकशील साझा पार्टीका रञ्जु दर्शनासहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रधान न्यायाधीशविरुद्ध जथाभावी बोलेको भन्दै उनीहरुलाई जिल्ला प्रशासन कार्यालय अगाडिबाट पक्राउ गरी सिंहदरबार वृतमा पुर्‍याइएको  छ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको किर्ते नागरिकता खारेजको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए।

सर्वोच्चमा जवाफ दिएपछि डा. केसी र उनका समर्थक प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन पेश गर्न पुगेका थिए।

फाल्गुन ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्