धादिङबाट चार केजी चरेस बरामद, दुई जना पक्राउ
काठमाडौं- धादिङ गजुरी गाउँपालिका–४ किरानचोक बस्ने ४५ बर्षीय राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–२ बस्ने ३५ बर्षीय बिरबहादुर मोक्तानलाई करीब ४ के.जि लागू औषध चरेश सहित प्रहरीले मंगलबारे पक्राउ गरेको छ ।
गल्छी गाउँपालिका–६ स्थित नमस्ते ग्याँस उद्योग नजिक शंकास्पद रुपमा हिडिरहेको अबस्थामा प्रहरीले जाँच गर्दा टि.भी.को काटुन भित्र लुकाइ ल्याएको उक्त लागू औषध चरेश सहित फेला पारी दुवैजनालाई नियन्त्रणमा लिएको हो ।
सम्बन्धित समाचार