गुण्डा नाइके मनोज पुनको अपराध : एकवर्षमा तीनजनाको हत्या

काठमाडौं – यो वर्ष (२०७४) मा दुईजनाको हत्या । त्यसअघि गएको वर्ष एकजनाको । सालका हिसाबले दुई भए पनि महिना गन्दा एक वर्ष पूरा पुग्दा तीनजनाको हत्या, संलग्न व्यक्ति मनोज पुन भनिने गुण्डा नाइके मनोजबहादुर बुढामगर ।
२०७३ असोज ४ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या । गएको असोज २३ गते काठमाडौंको व्यस्तमै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन अनि गएको पुस २१ गते रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्या ।
मनोज संगठित हत्याका नाइके मात्र थिएनन्, नेपालकाे आन्तरिक सुरक्षाकै सबैभन्दा ठूला थ्रेट थिए
सबैमा पुनको संलग्नता । २०७३ पुसदेखि २०७४ पुससम्ममा तीनजनाको हत्यामा संलग्न रहेका पुन फरार रहेका थिए ।
उनलाई पक्राउ गर्ने क्रममा बुधबार बिहान तीन बजे रुपन्देशीको देवदह नगरपालिका–४ भवानीपुरमा पुनले भाग्न खोजेर प्रहरीमाथि नै गोली चलाएपछि जवाफी कारवाहीमा मारिएको प्रहरीले जनाएको छ । उनीसँगै अर्का गुण्डा नाइके सोम आले पनि मारिएका छन् ।
को हुन् मनोज पुन ?
पुन रुपन्देही देवदहका बासिन्दा हुन् । उनी त्यहिँ बसेर गुण्डागर्दीको काम गर्दै आएका थिए । उनको अपराधको बाटोको सुरुवात २०६२–०६३ का आन्दोलनपछि भएको प्रहरी बताउँछ ।
उनले जिल्लामा हुने ठेक्कापट्टामा हस्तक्षेप गर्ने र आफूले भनेकालाई ठेक्कापार्न दबाब दिने गर्न थालेका थिए । भने अनुसार नभएमा अपहरण तथा हत्या गर्ने क्रम पनि सुरु गरेको प्रहरीले जनाएको छ ।
गुण्डा नाइके मनोज पुनसहित सोम आले प्रहरी इन्काउन्टरमा मारिए
उनी एकीकृत माओवादीको युवा संस्था वाइसिएलमा पनि संलग्न भए । उनी आफ्नो अपराधलाई राजनीतिको कलेबर दिएर छोप्नका लागि त्यता गएका हुन् ।
तर पछि उनी एमालेको वाइसिएल जस्तै संठगन युथ फोर्समा सामेल भए । त्यसको खोलमा पनि उनले अपराधलाई निरन्तरता दिएको बताइन्छ । उनको कर्तुत थाहा पाएपछि पार्टीले निकाल्यो । त्यसको जवाफ स्वरुप उनले दुर्गा तिवारीको हत्या गरे । जो युवा संघ रुपन्देहीका अध्यक्ष थिए ।
यो हत्याले उनलाई चर्चामा ल्यायो । रुपन्देहीका गुण्डानाइके, प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेको अपराधी बने । दुर्गा पौडेलपछि गौचन र बलुको हत्या गरेका उनी बुधबार बिहान प्रहरीको इन्काउन्टरमा मारिए ।
सम्बन्धित समाचार
गुण्डा नाइके मनोज पुनसहित सोम आले प्रहरी इन्काउन्टरमा मारिए
मनोज संगठित हत्याका नाइके मात्र थिएनन्, नेपालकाे आन्तरिक सुरक्षाकै सबैभन्दा ठूला थ्रेट थिए