मनोज स‌ंगठित हत्याका नाइके मात्र थिएनन्, नेपालकाे आन्तरिक सुरक्षाकै सबैभन्दा ठूला थ्रेट थिए

काठमाडौं – साेमबार राति  रुपन्देहीमा  प्रहरी इनकाउन्टरमा मारिएका गुन्डा नाइके मनाेज पुन संगठित हत्याका मुख्य योजनाकार मात्र थिएनन् , नेपालको अान्तरिक सुरक्षाकै सबैभन्दा ठूला थ्रेट थिए।

पछिल्लो समय नेपाल प्रहरीका सबैभन्दा ठूलो टाउको दुखाई थिए। गत असोजमा नेपाल निर्माण व्यवसायी महास‌ंघका अध्यक्ष शरद कुमार गौचनकाे काठमाडौंको शान्तीनगर क्षेत्रमा दिनदहाडै गाेली हानी हत्या गरेपछि नेपाल प्रहरी त्यसमा पनि केन्द्रीय अनुसन्धान ब्युरो-सीअाईबी, पुन समूहकाे खोजीमा गम्भीरतापुर्वक लागेको थियो। सोही समूहका अर्का महत्वपूर्ण सदस्य समिरमानसि‌ंह बस्नेतलाई केही महिना अघि मात्र सीअाईबीले मात्र पक्राउ गरेको थियो। त्यसपछि श्याम गोम्बे गुरुङ पनि पक्राउ परेका थिए।

सीअाईबीले त्यतिबेला बताए अनुसार मनाेज पुन समिरमान समूहबाट छुट्टिसकेका थिए। पूनलाई पक्राउ गर्नकै लागि प्रहरीले याे रणनीति अपनाएकाे बताइन्छ। पुन यस्तो समूहको नाइके थिए जो भारतमा बसेर नेपालका ब्यवशायीसँग चन्दा माग्थे, नटेरे सफाया गरिदिन्थे।

एउटा  व्यवसायीको हत्या गरी सयौं व्यवसायीलाई तर्साएर करडौं रुपैयाँ सजिलै उठाउँथे। काठमाडौंकाे शान्ती सुरक्षाबीच गौचनकाे हत्या गर्न सफल भएपछि पुन समूहले यसरी धेरै पैसा उठाएकाे बताइन्छ।

भारतमा बसेर नेपालमा यस्ता गुन्डागर्दि र अपराध सन्चालन गर्ने पुन समूह नेपालमा पहिलो भएकाे बताइन्छ। समिरमान पक्राउ परे लगत्तै पुन समूहले रुपन्देहीका काठ व्यवसायी तथा एमाले कार्यकर्ता बसन्त पौडेलको दिनदहाडै गोली हानी हत्या गरेको थियो।

पुन समूहका समिरमान, लोप्साङ लामा लगायत केही भारतमै बसेर योजना बनाउने टोलीमा थिए। अमरबहादुर राना, श्याम गोम्बे गुरुङ,  गंगा प्रकाश लिंगदेन लगायत ठूलो समूह योजना कार्यान्वयन तहमा खटिन्थ्यो। प्रहरी इनकाउन्टरमा पुनसँगैं अमर बहादुर राना पनि मारिएका छन्। राना सार्प सुटर मानिन्थे। गोली प्रहारमा रानासहितको टोली खटिने गरेको बताइन्छ।

पुन समूहका लाेप्साङ, लिङदेन, राेशन बुढाथोकी र प्रकाश थापा अझै फरार छन्। पून समूहले गर्ने हत्याकाे जिम्मेवारी नेपालमा फोन गरी लाेप्साङले नै लिने गरेका थिए। प्रहरीले गौचन हत्यामा स‌ंलग्न अधिकांशलाई पक्राउ गरिसकेको छ।

प्रहरीले गुन्डा नाइकेलाई इनकाउन्टर गर्न थालेपछि प्राय काठमाडौं केन्द्रित गुन्डा नाइकेहरुले अाफ्ना अापराधिक गतिविधि छाडेको बताइन्छ। दिनेश अधिकारी चरी र कुमार घैंटेकाे इन्काउन्टरपछि मनाेज पुन शमिरमानसि‌ंह बस्नेत र लाेप्साङ भने भारततर्फ लागेर नेपालमा दुई देशमा अपराध मच्चाइरहेका थिए।

सम्बन्धित समाचार 

गुण्डा नाइके मनोज पुनसहित सोम आले प्रहरी इन्काउन्टरमा मारिए

फाल्गुन ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्